
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
बर्दियामा जन्मिएका चालिसे हाल ललितपुरमा स्थायी बसोबास गर्छन् । उनी जनसङ्ख्या र बुढ्यौलीविद् हुन् । हाल उनी विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्यसमेत हुन् । नेपाल जनसङ्ख्या सङ्घको उपाध्यक्ष रहेका चालिसे त्रिभुवन विश्वविद्यालयमा जनसङ्ख्या विषय अध्यापन गराउँछन् ।
अमृत साइन्स क्याम्पसबाट उनले विएससी, त्रिभुवन विश्वविद्यालयबाट जनसङ्ख्या विषयमा स्नातकोत्तर र टोकियो युनिभर्सिटी जापानबाट बिद्याबारिधीको उपाधि प्राप्त गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट जनसङ्ख्या विषयमा स्नातकोत्तर गर्दा उनी आफ्नो ब्याचका गोल्ड मेडलिस्ट थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij