
Apr 22 2025 | २०८२, वैशाख ९ गते
पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो ।
दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरु पुरिएको आशङ्का गरिएको बताइएको छ । सोमबार आएको पहिरोबाट ३६ जनाको ज्यान गएको बताइएको छ ।
नेसनल सिभिल डिफेन्सका अधिकारीहरुका अनुसार पहिरोमा परेर मृत्यु भएकाहरुको शव राजमार्गमा भेटिएको थियो भने अरु कैयौँ व्यक्ति पुरिएको आशङ्कामा खोजी जारी राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij