Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अष्ट्रेलियका कप्तान फिन्चले लिए सन्यासको घोषणा

अष्ट्रेलियका कप्तान फिन्चले लिए सन्यासको घोषणा

  • काठमाडौं । अस्ट्रेलिया टोलीका विश्व विजेता ३६ वर्षको उमेरमा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिए पनि फिन्चले घरेलु लिगहरू भने खेल्ने जनाएका छन् । उनका अनुसार बिग बास लिग र अन्य घरेलु टी–२० प्रतियोगितामा खेल्ने छन् । गत सेप्टेम्बरमा मात्रै एकदिवसीय अन्तर्राष्ट्रियबाट गिन्सले संन्यास लिएका थिए ।

    फिन्चको कप्तानीमा अस्ट्रेलियाले पहिलोपटक २०२१ को टी–२० विश्वकप जितेको थियो । गिन्सले अस्ट्रेलियाका लागि पाँच टेस्ट, १४६ एकदिवसीय र १०३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । फिन्च अस्ट्रेलियाका लागि टी–२० क्रिकेटमा सर्वाधिक उच्च स्कोर बनाउने ब्याटर हुन् ।

    टी–२० मा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याटर पनि रहेका फिन्चले टी–२० करियरमा १०३ खेलमा दुई शतक र १९ अर्धशतकको मद्दतमा ३ हजार १२० रन बनाएको रेकर्ड छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij