
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंले जानकारी दिए । पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो ।
तर मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो । न्यायाधीश दीपक ढकालले १० माघमा पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij