Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अस्ट्रेलियाको मेलबर्नमा रहेको बौद्ध मन्दिरमा आगलागी

अस्ट्रेलियाको मेलबर्नमा रहेको बौद्ध मन्दिरमा आगलागी

  • अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आगलागी भएको छ । करिब ८० अग्निनियन्त्रकहरु आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेका थिए । 

    images
    images
    images

    मेलबर्नको दक्षिणपूर्वमा रहेको ब्राइट मून बौद्ध मन्दिरमा आगलागीपछि आसपासका बासिन्दालाई घरमा बस्न, बाहिरी ढोका र झ्यालहरू बन्द गर्न,  तातो र एअर कन्डिसन सेवा बन्द गर्न भनिएको थियो ।

    आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । अग्निनियन्त्रकहरूले सोमबार बिहान बाँकी रहेको आगो निभाउने काम गरेको एफआरभीका सहायक प्रमुख अग्नि नियन्त्रकले जानकारी दिएका छन् । 

    पाँच तला अग्लो मन्दिरमा भीषण आगलागी भएको र आगलागीको ज्वाला केही किलोमिटर टाढादेखि स्पष्ट देखिएको प्रमुख अग्नि नियन्त्रकले जनाए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij