Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

आज नेपाल र भुटान भिड्दै

आज नेपाल र भुटान भिड्दै

  • काठमाडाैं । साफ यू–१५ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै छन्। ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ। 

    images
    images
    images

    च्याम्पियनसिपमा नेपाल र भुटान दुवै टोली पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित नेपाल सुखद नतिजा निकाल्न चाहन्छ। नेपाली टोली प्रिती राईको कप्तानीमा मैदान उत्रनेछ। 

    images

    भुटान भने पहिलो खेलमा भारतसँग १२–० गोलको फराकिलो अन्तरले हराएको थियो। आजै हुने दोस्रो खेलमा घरेलु टोली बंगलादेश र भारत खेल्नेछन्। चार टोली सहभागी च्याम्पियनसिप राउन्ड रोविनको आधारमा हुनेछ।

    शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij