Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आज स्वस्थानी व्रत समापन हुँदै

आज स्वस्थानी व्रत समापन हुँदै

  • काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा आजबाट समापन हुँदैछ । आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समापन हुन्छ ।
     
    काठमाडौंमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला पनि आजैबाट समापन हुन्छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।

    images
    images
    images

    स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिन्छ ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij