Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बराबरीमा रोकियो चेल्सी

बराबरीमा रोकियो चेल्सी

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

    images
    images
    images

    घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा चेल्सीले फुलहमसँग अंक बाड्नु परेको हो । फुलहमविरुद्धको खेलबाट चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजले डेब्यु गरेका थिए ।

    चेल्सीले अर्जेन्टिनाका मिडफिल्डर एन्जोलाई बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। यस बराबरीसँगै चेल्सीले २१ खेलमा ३० अंक जोडेको छ । चेल्सी नवौं स्थानमा रहेको छ । फुलहमले २२ खेलमा ३२ अंक जोडेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij