
Apr 22 2025 | २०८२, वैशाख ९ गते
लाजियोलाई हराउँदै युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० ले हराउँदै युभेन्ट्स सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ४४ औं मिनेटमा युभेन्ट्सका ग्लिसन ब्रेमेरले गरेको गोल नै निर्णायक बन्यो । अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा क्रेमोनेस र फियोरेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij