Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

२२ अंकले घट्यो नेप्से

२२ अंकले घट्यो नेप्से

  • काठमाडौं । आज सेयर बजार मापक नेप्से २२.१२ अंकले घटेको छ । आज सेयर बजार घटेर २०९४.५४ विन्दुमा पुगेको हो । आज ५८ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख रूपैयाँ बढीको कारोबार भएको छ । बुधबार ५० लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।

    images
    images
    images

    सबैभन्दा बढी कारोबार हुने कम्पनीमा आज स्ट्याण्डर्ड चार्टड बैंक रहेको छ । बैंकको १० करोड बढीको सेयर कारोबार भएको छ । सर्वाधिक सेयर खरिदबिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ । उक्त कम्पनीको ८१० रुपैयाँ ४० पैसामा ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    यस्तै, आज सबैभन्दा बढी कमाउनेमा आदर्श लघुवित्तका लगानीकर्ता रहेको छन् भने सबैभन्दा बढी गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यस दिन जीवन बिमा समूहको परिसूचक सर्वाधिक २.१७ प्रतिशतले घटेको छ भने जलविद्युत समूहको परिसूचक २.०६ प्रतिशतले घटेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij