Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पीएसजीको जित

पीएसजीको जित

  • पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३–१ गोल अन्तरले हराएको हो ।

    images
    images
    images

    पीएसजीको जितमा फाबिना रुज, लियोनल मेस्सी र वारेन जाइर–मेरीले एक–एक गोल गरे । उता मोन्टपेलिरका लागि अर्नाउड नोर्दीनले एक गोल फर्काए । पहिलो हाफ गोल रहित बराबरी खेलेको पीएसजीले तीन वटै गोल दोस्रो हाफमा गरेको हो ।

    खेलको ५५औं मिनेटमा रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । खेलको ७२औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । खेलको ८९ औं मिनेटमा मोन्टपेलिरका लागि नोर्दिनले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए ।

    खेलको इन्जुरी समयमा वारेनले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए । जितसँगै पीएसजीले लिग वानमा २१ खेल खेल्दै ५१अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित मोन्टपेलिर २० अंक जोडेर तालिकाको १४औं स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij