
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । प्रेमप्रसाद आत्मदाह प्रकरणमा प्रहरीले उमेश महतोसँग पनि बयान लिएको छ । काठमाडौँ बानेश्वरस्थित सिंहदरबारअगाडी आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य प्रकरणमा महतोसँग बयान लिएको हो ।
मर्नुअघि एक स्टाटस लेख्दै आचार्यले सामाजिक सञ्जालमार्फत आफु मर्नुपरेको कारण र बाध्य बनाउनेहरुको नामसहित विवरण उल्लेख गरेका थिए । सोही स्टाटसको आधारमा महतोसँग बयान लिएको हो ।
यसअघि प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग पनि बयान लिईसकेको छ । अनुसन्धान गर्दै जाँदा क – कसलाई पक्राउ गर्ने वा नगर्ने सो खुल्दै जाने प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij