
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
प्रहरीले लालझाँडी गाउँपालिका ६ मा हिजो बेलुकी मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुरकै बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम राना रहेका छन् । रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर हिजो बेलुकी आपसमा ठोक्किएका थिए । फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij