कविताः भूपि शेरचनकै लय पछ्याएँ
देश र जनता भन्दै सहिदले रगत बगाए
जनताकै रगत पसिना चुसी नेता पो अघाए
सबैको साझा यो फुलबारी कसले सिँगार्ला?
स्वार्थी र भ्रष्ट शासक भए झनै पो बिगार्ला ?
रुदैछिन् आमा सम्झी बलभद्र अमर भीम भक्ति
आमाको शरीर टुक्र्याई गर्छन् सत्ताको आसक्ति ।
लाउदै छ गिद्दे नजर देशमा छिमेकी बनेर
हेप्दैछ हामीलाई मिच्दैछ सिमा मौका यही भनेर ।
न रहला देश न पहिचान देशभक्ति हराए
स्वर्गझैँ शान्त सुन्दर देशलाई नर्क नै गराए।।
थप्नु छ अझ देशको उचाइ बढाउदै आकार
जुट्नु छ सबै सहिदका सपना पार्नलाई साकार ।।
– नरिश्वर गौतम