Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

  • काठमाडौं । सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ ।  जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन्। 

    वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ।  शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्ने मन्त्रालयले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij