Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा सिकिस्त

बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा सिकिस्त

  • काठमाडौं । बाँकेमा पेट्रोल छर्केर आगो लगाउँदा २ वर्षीय बालकको ज्यान गएको छ । कोहलपुर नगरपालिका-१ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार साँझ श्रीमती गङ्गा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका थिए ।

    images
    images
    images

    आगोमा जलेर सख्त घाइते भएका आमा छोरालाई स्थानीयले उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पताल  पुर्याएका थिए । उपचारकै क्रममा बालकको आज बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

    घाइते गङ्गाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । घटनापछि फरार रहेका बिकलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिइएको छ ।

    आपसी मनमुटाबमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij