
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले लिने भएका छन् । त्यसका साथै आचार्यकी श्रीमतीलाई पनि रोजगारीको व्यवस्था मिलाउने बस्नेतले प्रतिबद्धता गरेका छन् ।
गत मंगलबार संसद् भवन अगाडि आत्मदाह गरेका इलामका व्यवसायी आचार्यको उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । सांसद बस्नेत शनिबार आचार्यको परिवारलाई भेट्न सिनामंगल पुगेका थिए । आचार्यको परिवारलाई भेटेर सान्त्वना दिने प्रयास गरेको उनले जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij