
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२४ का ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्य छन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी बृत स्वयम्भूले जनाइएको छ ।
शनिबार बेलुका करिब ८ बजे प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको डिजेल बोक्ने ट्यांकरले बा८१प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्यांकरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij