
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा उपाध्यक्ष पदको लागि २०७९ माघ २३ गते निर्वाचनका लागि मिति तोकेका हुन् ।
निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उनले निर्देशन समेत दिएका छन् ।
बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । माघ २३ गते सोमवार बिहान ११ः५९ मा राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij