
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकैदिन सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो विहीबारको तुलनामा ह्वात्तै मूल्य घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलमा १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बिहिबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij