Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रियल सेमिफाइनलमा प्रवेश

रियल सेमिफाइनलमा प्रवेश

  • रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रदेश गरेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले बनाएको थियो ।

    images
    images
    images

    खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । रियलका लागि रोड्रिगोले खेलको ७९ औं मिनेटमा गोल गर्दै रियललाई बराबरीमा ल्याए ।

    खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । रियलका लागि खेलको ९९औं मिनेटमा एट्लेटिको मड्रिडका स्टेफन साभिचले रातो कार्ड खाँदा टिम १० खेलाडीमा समेटिएको थियो ।

    खेलको १०४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । खेलको अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

    बिहीबार राति नै भएको अर्को खेलमा एट्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३–१ ले हराउँदै सेमिफाइनल पुग्यो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij