Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आज काठमाडौँको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस

आज काठमाडौँको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस

  • काठमाडौं ।  केही दिनयता देशभरको तापक्रम क्रमशः बढ्दो मात्रामा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तापक्रम कम नभएको हो ।

    images
    images
    images

    मौसमविद्का अनुसार जनावरी चिसो महिना हो । सामान्यतया जनवरीपछि तापक्रम क्रमशः बढ्ने हुन्छ । फेब्रुअरीको दोस्रो सातासम्म तापक्रमको मात्रा उकालो लागिसकेको हुन्छ ।

    यसपालि पानी नपरेका कारण अहिले नै तुलनात्मक रूपमा तातो भएको मौसमविद्ले जनाएको छ । अब तापक्रम क्रमिक रूपमा बढ्ने छ । विगतका वर्षहरूमा जस्तो यसपालि पानी पर्ने सम्भावना कमै मात्रा देखिन्छ । अबका तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना कम रहेको छ ।

    आज बिहान पौने ९ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८।२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । सोही समयमा हिजो बिहान काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो ।

    पुस २३ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको आजसम्मकै कम २.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij