
Apr 02 2025 | २०८१, चैत २० गते
विराटनगर । प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सेक्सन कमाण्डर ३२ वर्षीय पेम्बा सांगे शेर्पालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार शेर्पाले बोकेको कालो झोलाभित्र एक थान पेस्तोल, ७।६५ लेखिएको तीन गोली लोड भएको सोहि पेस्तोलमा लाग्ने १ म्यागजिन बरामद भएको छ । उक्त हतियारमा ‘अटो पिस्टल यूएसए’ लेखिएको प्रहरीले जनाएको छ । उनी ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का बासिन्दा हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij