
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ।
मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ।
नेकपा (एमाले)ले पाँच वटा, माओवादीले चार वटा, राप्रपाले तीन वटा, नेकपा एकीकृत समाजवादीले दुई वटा र हाम्रो नेपाली पार्टीले एक मन्त्रालय मागेका छन्।
मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij