
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । बाजुरामा भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिकामा घर भत्किँदा अन्दाजी ३०–३५ वर्षकी जमुना रोकायाको मृत्यु भएको हो । रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसका साथै भूकम्पकै कारण सोही पालिका १ अम्लिसमा माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० भन्दा बढी भेडा मरेको र एक जना घाइते भएको स्थानीय दीपेन्द्र रोकायाले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij