
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । बागलुङमा आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
बलात्कारमा परेकी ती छोरीले बाबु नभएको मौका पारेर माघ ६ गते जिल्ला प्रहरीमा उजुरी गरेकी हुन् । उजुरीपछि प्रहरीले आरोपीलाई बुटवलबाट पक्राउ गरेको हो ।
प्रहरीले आइतबार उनलाई पक्राउ गरेर बागलुङ ल्याएको छ । प्रहरीले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता गरेको पनि जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij