
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाल घुससहित पक्राउ परेका छन् ।
सोमबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुडाललाई घुससहित नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले चुडालका अनुसार विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावतका लागि पास उपलब्ध गराउने भन्दै सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ लिएका हुन् ।
साथै अख्तियारले चुडालको कार्यकक्षमा स्रोत नखुलेको ८ लाख रुपैयाँसमेत बरामद भएको जनाएको छ । प्रवक्ता भण्डारीले घटनाका बारेमा थप अनुसन्धना भइरहेको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij