Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पीएसजीको सानदार जितमा एम्बाप्पेको पाँच गोल

पीएसजीको सानदार जितमा एम्बाप्पेको पाँच गोल

  • पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा छैटौं श्रेणीको क्लब पेस डे कासेललाई ७-० गोलले हराउँदै पीएसजीले अन्तिम १६ मा स्थान बनाएको हो ।

    images
    images
    images

    पहिलो हाफमा चार गोल गरेको पीएसजीले दोस्रो हाफमा तीन गोल थपेको थियो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे एक्लैले पाँच गोल गर्नुभयो । नेयमार र कार्लोस सोलरले एक एक गोल थप्नुभएको थियो ।

    एमबाप्पेले २९औं, ३४औं, ४०औं, ५६औं र ७९औं मिनेटमा गोल गर्नुभयो । नेयमारले ३३औं र कार्लोसले ६४औं मिनेटमा गोल गर्नुभएको थियो ।

    यस खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई आराम दिइएको थियो । पीएसजीले प्रिक्वार्टरफाइनलमा मार्सेसँग प्रतिस्पर्धा गर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij