
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नियुक्त भएका छन् ।
यसअघि डिआइजी टेकप्रसाद राई केन्द्रीय प्रवक्ता थिए । राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
पोखरेललाई आज प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्तामा नियुक्त गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij