
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल टी–२० लिगमा म्याच फिक्सङमा संलग्न रहेकाे आराेपमा २ जना पक्राउ परेका छन् । प्रहरीले स्पट फिक्सङमा संलग्न रहेकाे आराेपमा मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेकाे हाे ।
आलम पूर्वराष्ट्रिय क्रिकेटर हुन् भने अन्सारी राष्ट्रिय क्रिकेट टाेलीका सदस्य हुन् । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर हुन् । एकै खेलमा १० विकेट लिएको कीर्तिमान आलमले बनाएका छन् । त्यस्तै गत जेठमा अन्सारीले मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार उनीहरूले स्पट फिक्सिङमा सहयोग गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij