
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । उच्च अदालत पाटनबाट २०७१ वैशाखमा बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएका एक पुरुष ८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका ६ का २९ वर्षीय लोकमान गुरुङ रहेका छन् । आरोपित गुरुङले ८ लाख २४ हजार बिगो तथा जरिवाना र ७ दिन कैद बस्नुपर्ने उच्च अदालत पाटनको फैसला रहेको थियो ।
प्रहरीको टोलीले काठमाडौं बाँसबारी बस्दै आएका गुरुङलाई बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालत, बबरमहल पठाएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij