Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

७३१ थान राहदानीसहित तीन जना पक्राउ

७३१ थान राहदानीसहित तीन जना पक्राउ

  • काठमाडौँ । काठमाडौँको एक होटलबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जना रहेका छन् । 

    images
    images
    images

    काठमाडौँ महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट उक्त राहदानीसहित उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उक्त होटलहरूमा शङ्कास्पद व्यक्तिहरु रहेको भन्ने सूचना आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

    प्रहरीले होटेल सोनाबाट शङ्कास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी बरामद गरेको हो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij