Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अनुमतिविना जग्गाको नक्सा परिवर्तन गर्ने तत्कालीन नापी अधिकृतसहित ४ जनालाई भ्रष्टचार मुद्दा

अनुमतिविना जग्गाको नक्सा परिवर्तन गर्ने तत्कालीन नापी अधिकृतसहित ४ जनालाई भ्रष्टचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ ।

    images
    images
    images

    उनीहरूले रुपन्देही जिल्लाको साविक सेमलार गाविस वडा नम्बर २ मा ११ धुर जग्गा जग्गाधनीको अनुमतिविना ३ धुर जग्गा उक्त कित्ताबाट हटाएर नक्सा परिवर्तन गरेको अख्तियारको ठहर छ ।

    अख्तियारले उजुरीका आधारमा सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्य गरेको भन्दै दुवे र गुरौलाई भ्रष्टाचार निवारण ऐनको दफा ११ बमोजिम कैद र जरिवाना माग गरेको छ ।

    साथै बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरूले फाइदा लिने उद्देश्यले जग्गाको क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको भन्दै अख्तियारले उनीहरूलाई पनि ऐनको दफा ११ बमोजिम कसूरदार ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij