Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चोभारमा कार खस्दा बेपत्ता पुरुषको शव फेला

चोभारमा कार खस्दा बेपत्ता पुरुषको शव फेला

  • काठमाडौँ । चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको जानकारी दिए ।

    images
    images
    images

    बागमती किनारमा सोमबार साँझ बा ५ च ५६५४ नम्बरको कार खसेको थियो । दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने ४७ वर्षीय राजकुमार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सो कारमा सवार थिए । 

    दुर्घटना हुँदा कारमा रहेकी अम्बिकाको उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पुर्‍याएको थियो । अहिले थप उपचारको लागि उनलाई ट्रमा सेन्टरमा पठाएको छ ।  तर राजकुमार भने बेपत्ता थिए । 

    प्रहरीको विपद् व्यवस्थापन, सशस्त्र प्रहरी र प्रहरी प्रभाग भैसेपाटीको टोली बेपत्ता भएका राजकुमारको खोजी गर्न खटिएको थियो । प्रहरीले र्‍याफ्टिङ, गोताखोरले समेत खोजी गरी शव फेला पारेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij