
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैं । प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ । सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो ।
सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्छ ।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने हुनुहन्छ भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहनुभएको छ ।
दुई सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न एक सय ३८ मत आवश्यक पर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij