
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
प्रहरीले कानेपोखरी गाउँपालिका-७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङलाई पक्राउ गरेको छ ।
गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij