
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौंँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घूससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह रहेका छन् ।
साहलाई अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस लिएको उजुरी परेपछि अख्तियारको टोली खटिएको थियो ।
अख्तियारले जारी गरेको विज्ञप्ति अनुुसार उनलाई एक लाख चालीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij