
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । राप्रपाबाट मन्त्रीमा नियुक्त भएकाहरू पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् ।
उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह शपथ लिए लगतै पशुपतिनाथ मन्दिर दर्शन गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासबाट राप्रपाका मन्त्रीहरू पशुपतिको दर्शन गरेका हुन् । पशुपति मन्दिर दर्शनपछि उनीहरू आआफ्ना मन्त्रालयमा पदबहाली गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij