• २०७७, मंसिर ११गते

कृषि कार्यालयमा सकेट बम, सुरक्षा कडा पारियो

अनलाइन पत्रिका

७, मंसिर २०७७
  • 78
    SHARES
  • कृषि कार्यालयमा सकेट बम,  सुरक्षा कडा पारियो

    काठमाडौं । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ । सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा बाल्टिन बम र सकेट बम रहेको पुष्टि भएको थियो ।

    प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - १५:३७:३९ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार