Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रदेश १ को लगातार दोस्रो जित

प्रदेश १ को लगातार दोस्रो जित

  • काठमाडौं । प्रदेश १ ले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । सोमबार समूह ‘बी’ को खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको हो ।

    images
    images
    images

    ६० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको लुम्बिनीले ९ ओभरमा सात विकेटको क्षतिमा ५० रन मात्रै बनाएपछि प्रदेश १ ले जित निकालेको हो । 

    यो जितसँगै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको प्रदेश १ को दुई खेलबाट चार अंक भएको छ । यसअघि प्रदेश १ ले मधेस प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।

    लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो । यसअघि लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई ९८ रनले पराजित गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij