Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प

  • काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

    images
    images
    images

    भूकम्पको केन्द्रविन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल) दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पले पु–याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् ।

    एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानक कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ । नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसंख्या भएको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो क्षति भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij