Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अमेरिकाकी आर बोनी गेब्रिएलले जितिन् मिस युनिभर्सको उपाधि

अमेरिकाकी आर बोनी गेब्रिएलले जितिन् मिस युनिभर्सको उपाधि

  • अमेरिकाकी आर बोनी गेब्रिएलले यस वर्ष भएको मिस युनिभर्स प्रतियोगिताको उपाधि जितेकी छन् । अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्स सहरमा सम्पन्न ७१औं मिस युनिभर्स प्रतियोगितामा गेब्रिएल विजयी भएकी हुन् ।

    images
    images
    images

    गत वर्षको मिस युनिभर्स हरनाज सन्धुले गेब्रिएललाई ताज पहिर्‍याइन् । प्रतियोगिताका उत्कृष्ट तीनमा गेब्रियलसहित भेनेजुएलाकी अमान्डा डुडामेल न्युम्यान र डोमिनिकन रिपब्लिककी एन्ड्रिया मार्टिनेज परेका थिए ।

    विश्वभरबाट ८४ जना सहभागीले यस प्रतियोगिता भाग लिएका थिए । नेपालबाट मिस युनिभर्समा सोफिया भुजेल सहभागी भएकी थिइन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij