
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन् । लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिँदैछ ।
उनी जिल्ला अदालतबाट तारिख बुझेर रिहा हुनेछन् । उच्च अदालत पाटनले जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो । उच्च अदालतले सन्दीपलाई २० लाख धौरटी र अन्य शर्तसहित रिहा गर्ने आदेश दिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij