
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । पाल्पामा आफ्नो श्रीमानमाथि चक्कु प्रहार गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–७ बस्ने प्रियंका थापा छिन् । उनले गत मंसिर १७ गते दिउँसो घरायसी विवादका क्रममा ३० वर्षीय श्रीमान शेरजंग थापालाई चक्कु प्रहार गरेकी थिइन् ।
थापाले आफूलाई मार्ने उद्देश्यले श्रीमतीले चक्कु प्रहार गरेकोे भन्दै प्रहरीमा उजुरी गरेको थियो ।
थापा अहिले उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् । चक्कु प्रहारपछि फरार भएकी प्रियंकालाई जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । प्रहरीले घटनामा प्रयोग गरिएको चक्कु समेत बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij