
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्गले आयोजना गर्न लागेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पो कार्यक्रममा भाग लिनका लागि उनी काठमाडौं आइपुगेकी हुन् ।
नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । उक्त कार्यक्रममा मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने संघले जनाएको छ ।
संघले एक्स्पोको उद्घाटन भोलि शुक्रबार होटल याक एन्ड यतिमा १२:३० मा हुने जनाएको छ । एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चल्नेछ । पुस २९ देखि १ माघसम्म एक्स्पो हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij