Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चितवन दम्पती मृत्यु प्रकरण : हत्यापछि आत्महत्या गरेको प्रहरीको निष्कर्ष

चितवन दम्पती मृत्यु प्रकरण : हत्यापछि आत्महत्या गरेको प्रहरीको निष्कर्ष

  • काठमाडौ‌। चितवनको भरतपुरमा मङ्गलवार श्रीमान् र श्रीमती मृत अवस्थामा भेटिए थिए । भरतपुर महानगरपालिका-२९ स्थित वडा कार्यालय पछाडि खेतबारी भन्ने स्थानमा २८ वर्षीय प्रेम रानामगर र उनकी पत्नी २५ वर्षीया शान्ति रानामगर मृत भेटिएका हुन् । बिहान ७ बजेतिर स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुग्यो । प्रेम राना मगरको शव घरको बलोमा झुण्डिएको अवस्थामा भेटियो । शान्तिको शव भुँइमा भेटिएको थियो ।

    images
    images
    images

    प्रेम रानामगरले पत्नीको हत्या गरेपछि आफूले आत्महत्याको बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शान्तिको टाउकोमा चोट देखिएको छ । पत्नीको हत्या गरेर प्रेम रानामगरले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको चितवनका एसपी नवराज अधिकारीले बताए ।

    जिल्ला अस्पतालमा शव पोस्टमार्टम गरिएको छ । प्रेमले पत्नीलाई काठले हिर्काएर हत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । स्थानीयहरूका अनुसार उनीहरूको बीचमा घर झगडा भइरहन्थ्यो । प्रेमबहादुर ज्याला मजदुरी गर्थे, पत्नी गृहिणी हुन् । उनीहरूको १ छोरा छन् । घटना हुँदा ६ वर्षीय छोरा ठुलीआमाको घरमा गएका थिए । छोरा नभएको बेला प्रेमले रातको समयमा पत्नीको हत्या गरेको आशङ्का गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij