Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेपाल टी-२० लिग : विराटनगरलाई हराउँदै लुम्बिनी च्याम्पियन

नेपाल टी-२० लिग : विराटनगरलाई हराउँदै लुम्बिनी च्याम्पियन

  • काठमाडौँ । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ । टियु क्रिकेट मैदानमा बुधबार विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

    images
    images
    images

    लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

    लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९।२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो ।

    लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा ईशान पाण्डेले १८ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    विराटनगरका लागि राना नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत, कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन् । यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थिए ।

    च्याम्पियन लुम्बिनीले ५५ लाख पाउँने छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।  तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाएको छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij