
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट विश्वासको मत लिनेबारे जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको जानकारी दिए ।
पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जम्मकट्टेललाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदले समर्थन गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij