
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल टि–२० क्रिकेट लिगको आज फाइनल खेल हुँदैछ। उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार भिड्दैछन् ।
फाइनल खेल यी दुई टिमबीच कीर्तिपुर मैदानमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ। विराटनगर मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै उपाधि नजिकै पुगेको हो । त्यस्तै लुम्बिनी पनि पहिलो क्वालिफायरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा पुगेको हो ।
यो लिगको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ । यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौंथो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करणको नेपाल टि–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, काठमाडौं नाईट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेड गरी ६ टोलीको सहभागिता थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij