
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । विराटनगर सुपर किंग्स नेपाल टि–२० लिगको फाइनलमा पुगेका छन् । मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको क्वालिफायर २ मा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।
अब उसले उपाधिका लागि बुधबार लुम्बिनी स्टारसँग खेल्ने छ। लुम्बिनी पनि क्वालिफायर १मा जिनकपुरलाई नै हराउँदै फाइनल पुगेको हो। लिगमा लुम्बिनी शीर्ष स्थानमा थियो भने विराटनगर तेस्रो बनेको थियो ।
पहिला ब्याटिङ गर्दै विरानगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १२८ रनमै अलआउट भयो । उसका लागि चाड्विक वाल्टनले अर्धशतकीय योगदान दिए । उनले ४७ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए ।
यस्तै, कप्तान ट्रेभोन ग्रिफिथले २४ बलमा ३४ रन बनाए भने खडक बोहराले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा किओन जोसेफले ३ तथा राज रक्की नन्नन र नन्दन यादवले समान २ विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।
विराटनगरका लागि ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन जोडे । अर्का ओपनर अर्जुन साउदले २६ बलमा २ चौका र छक्कासहित ३५ रन बनाए ।
स्तै, राज नन्नन १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाउँदा हुसेन टलाट २१ बलमा ३१ रन बनाए । बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij