Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल टि–२० लिग : जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा

नेपाल टि–२० लिग : जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा

  • काठमाडौं । विराटनगर सुपर किंग्स नेपाल टि–२० लिगको फाइनलमा पुगेका छन् । मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको क्वालिफायर २ मा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    अब उसले उपाधिका लागि बुधबार लुम्बिनी स्टारसँग खेल्ने छ। लुम्बिनी पनि क्वालिफायर १मा जिनकपुरलाई नै हराउँदै फाइनल पुगेको हो। लिगमा लुम्बिनी शीर्ष स्थानमा थियो भने विराटनगर तेस्रो बनेको थियो ।

    AGNI GROUP

    पहिला ब्याटिङ गर्दै विरानगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १२८ रनमै अलआउट भयो । उसका लागि चाड्विक वाल्टनले अर्धशतकीय योगदान दिए । उनले ४७ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए ।

    यस्तै, कप्तान ट्रेभोन ग्रिफिथले २४ बलमा ३४ रन बनाए भने खडक बोहराले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

    जनकपुरलाई सस्तैमा समेट्ने क्रममा किओन जोसेफले ३ तथा राज रक्की नन्नन र नन्दन यादवले समान २ विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।

    विराटनगरका लागि ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन जोडे । अर्का ओपनर अर्जुन साउदले २६ बलमा २ चौका र छक्कासहित ३५ रन बनाए ।

    स्तै, राज नन्नन १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाउँदा हुसेन टलाट २१ बलमा ३१ रन बनाए । बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट